जिन्दगी निकै नै उतार चढावमय रह्यो यो साल। कतै सफलताका खुड्किला पार गरियो त कतै नैरस्यता हात परे। कहिले खुशीले रमाएँ त कहिले पिडाले रोएँ पनि। कयौँ रितुहरु सँग घुल्दै आएँ। वसन्तका कयौँ नविन आशाहरु शिशिर सँगै ओइलाएर गए। यो जिन्दगीका कति पल अन्धकारमै पनि रुमलिँए। नजिकका साथीभाईले फर्काएर देखाए। आफ्नो भन्दा अरुको लागी धेरै गर्ने कोशीस गरियो यो साल। आत्मिय सम्बन्धहरु गाँसिए.. सम्बन्ध टूटे पनि.. केहि भूलवस त केही बिनाकारण। वर्षको सुरुवातमा केहि त्यस्ता परिस्थिती आइपरे जस्ले भावविहिल बनायो र जिन्दगीको सबैभन्दा बिर्सन लायक क्षण मध्यको एक साबीत भयो। तर समयले बिस्तारैअघि बढ्न सिकायो.. हालतले सामना गर्न सिकायो र परिस्थितिले लड्न सिकायो। अझ भनम सबैभन्दा धेरै पाठ त जिन्दगीलेनै सिकायो।

यसै बर्ष ब्यचेलरअन्तिम सेमेस्टरको परिक्षा पनि दिइइयो। बर्षको उत्तराधिकारमा जिवनको पहिलो पल्ट घर छोडेर टाढा छात्राबासमा बस्नु पर्‍यो। मेरो करिब ५ महिनाको काठमाडौं बसाई जिन्दगीको सबैभन्दा महत्वपुर्ण र सम्झन लाएक पल रह्यो। छात्राबास बस्दाका क्षणहरुमा मेरो सबैभन्दा नजिकका साथीहरु [Bibek, Bikash, Nabin, Aastha, Anjila, Asmina] सँग सम्बन्ध अझ सुमधुर बनेर आए। Makura Creation, Leapfrog Academy र Tsubasa Academy बाट मेरो ब्यक्तित्व र कार्यप्रगती अभिबृद्धी हुने गरी मैले धेरै कुराहरु सिक्ने मौका मिल्यो। त्यसमा दीक्षान्त सर, रीना सेनसेइ, उत्सब दाजु र स्वागत दाजु प्रति हार्दिक आभार अनि क्रितज्ञता प्रकट गर्न चाहेँ। ४ बर्षे ब्याच्लरमा भन्दा पनि धेरै नै आत्मिय साथीहरु ४ महिनाको अन्तरालामा बन्न पुग्यो। Leapfrog/Tsubasa को class देखी Makura को office सम्म जुन माहोल बन्यो र जुन प्रगाढ सम्बन्ध “हामी-हामी” [Sami, Sagar, Suju, Binam, Ramesh] बिच गाँसिए त्यो पक्कै पनि जिन्दगीभर अविस्मरणिय रहनेछ। यसको अलावा दुई नाम जुन यसै लिस्टमा थपिन्छ, त्यो हो Suman र Shristi. 😀 पढ्ने र काम गर्ने ठाउँबाट बाहिर रहेर पनि उनीहरुसँग पनि आत्मिय सम्बन्ध गाँसिएका छन्।

“It was indeed a great time and i thoroughly enjoyed every moments with you guys.”

अझै धेरै हिँड्नु छ, अझै टाढा पुग्नु छ। आश अझै मरेको छैन, केही गर्ने घमण्ड अझै मरेको छैन। यो नयाँ सालमा केही अधुरा सपनालाई मूर्तरूप दिने संकल्पका साथ अघी बढ्ने अठोट लिएको छु।

यहाँहरुलाई पनि नयाँ बर्षको शुभकामना।

#अध्याय #नयाँवर्ष #शुरूवात

Please follow and like us: