#झरी

आज पानी परेको छ। शहरको यो मेरो सानो कोठाको झ्यालबाट पानीका बाछिटा भित्र छिर्दा अतितको याद बल्झिरहेछ। अझैपनी सम्झिन्छु गाउँघरमा पानी पर्दाका त्यी दिनहरु…. पिंढिमा बसेर स्टिलको गिलासमा तातो तातो कालो चिया खाइन्थ्यो.. बलेनीको पानीमा खेल्न निकै रमाइलो हुन्थ्यो.. गोठमा गाइबाख्रा कराउंथे, तल मकैबारिमा पात हल्लिन्थे। सोच्थे, भोलिसम्म यस्तै पानी पर्‍यो भने त स्कुल जान पर्दैन। आधा घन्टाको बाटो छाता नहुँदा भिजेर निथ्रुक्कै भैन्थ्यो। रमाइला थिए त्यी दिनहरु…। साँच्चै रमाइला थिए त्यी दिनहरु…!!!

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

All Copyrights Reserved | Arjun Tamu © 2019 .

Up ↑